तलब नपाएको भन्दै मलेसियामा नेपाली गार्डद्वारा सुपरभाइजरको हत्या
१७ भदौ, काठमाडौं । मलायाको एउटा अपार्टमेन्टमा काम गर्ने नेपाली सेक्युरिटी गार्डले तलब नपाएको झोकमा सुपरभाइजरको हत्या गरेका छन् । प्रहरीले घटनामा उनीसहित दुई नेपाली सेक्युरिटी गार्डलाई पक्राउ गरेको छ ।
सोमबार दिउँसो भएको घटनामा ५४ वर्षीय ली पोह मेङ मारिएका हुन् । उनको लास प्रहरीले अपार्टमेन्टको शौचालयभित्र फेला पारेको थियो । १ सेप्टेम्बरको बेलुकी ६ः१० बजेतिर पीडितलाई कन्ट्रोल रुमभित्रै हेल्मेटले लगातार हानिएको सीसीटीभी फुटेजमा देखिएको छ ।
‘सेक्युरिटी गार्डहरुले तलब नपाएपछि सुपराभइजरको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ प्रहरी अधिकृत मोहम्मद जानी चे दिनले सञ्चारमाध्यमलाई भनेका छन् ।
घटनामा दुई नेपालीसहित तीन जनालाई पक्राउ गरिएको बताए पनि पक्राउ पर्नेको नाम भने उनले खुलाएनन् ।
![](https://radiokanchanpur.org.np/uploads/news/images/medium/389898297DDDDD.jpeg)
भारतमा बसको ठक्करबाट घाईते भएका सुदूरपश्चिमका एकजनाको मृत्यु
भारतमा बसको ठक्करबाट घाईते भएका सुदूरपश्चिमका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। भारतको बैङलोरमा मजदुरी गर्दै आएका दार्चुलाको महाकाली
![](https://radiokanchanpur.org.np/uploads/news/images/medium/1842421713S9CQHLx5NutdawsZoob2.jpeg)
कोरोनाबाट विश्वभर २८ नेपालीको मृत्यु, १२ सय संक्रमित
काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर २८ जना नेपालीको मृत्यु भएको छ । कोभिड–१९ बाट करिब १२ व्यक्ति संक्रमित बनेका छन् । गैरआवासीय नेपाली (एनआरएनए)
गुल्मीका पहिरो पीडितलाई एनआरएनए युगान्डाको सहयोग
कम्पाला, युगान्डा । गैरआवासीय नेपाली संघ युगान्डाले गत महिना बाढी पहिरोबाट प्रभावित गुल्मीको सत्यवती गाउँपालिकाका पीडितलाई एक हजार अमेरिकी डलर
प्रतिकृया दिनुहोस