शहीद दशरथचन्दको जन्मघरबाट बैतडीमा ‘समुदायमा कांग्रेस’अभियानको थालनी
![](https://radiokanchanpur.org.np/uploads/news/images/1012769258Nc-1-1706617114.jpeg)
शहीद दिवसको अवसरमा पारेर बैतडीमा ‘समुदायमा कांग्रेस’अभियान शुरु गरिएको छ । कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा पनि अभियानको शुरुवात गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताउनु भएको छ ।
नेपाली कांग्रेसको पार्टी कार्यालय गोठलापानीमा बैठक बसेर शहीद दशरथचन्दको जन्मघरबाट अभियान थालनी गरिएको उहाँले बताउनुभयो । शहीद दिवस भएकाले शहीद दशरथ चन्दको शालिकामा माल्यार्पण गरेर अभियान शुरुवात गरिएको सचिव जोशीले बताउनु भएको छ ।
नेपाली कांग्रेस बैतडीका कार्यवाहक सभापति बिरबहादुर बिष्टको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय प्रतिनिधि हरिप्रसाद बोहरा प्रमुख अतिथी रहनु भएको थियो । बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारीका साथै सदस्यहरु, पार्टीका महाधिवेशन प्रतिनिधि, भातृ संस्थाका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
जिल्लाका ८४ ओटै वडामा अभियान सञ्चालन गरिने र सदरमुकामबाट यसको शुरुवात गरिएको नेपाली कांग्रेसका नेता तथा अभियानका बैतडी प्रतिनिधि हरी प्रसाद बोहराले बताउनु भएको छ ।
जनताका अपेक्षा, गुनासो र सुझाव संकलन गर्नुका साथै सेवा प्रवाह र विकास निर्माणका कामको अवस्थामा बारेमा अभियानका दौरान जानकारी लिइने उहाले बताउनु भएको छ ।
केन्द्रीय प्रतिनिधिको सहित जिल्लाको टोलीले १० ओटै स्थानीय तहमा पुगेर अभियान अन्तर्गत कार्यक्रम गर्ने नेपाली कांग्रेस बैतडीका कार्यवाहक सभापति बिरबहादुर बिष्टको भनाई छ । यसका साथै जिल्लाले खटाएका प्रतिनिधिहरुले वडास्तरमा कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाई छ ।
अभियानका लागि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले पनि दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र (क)मा तेजबहादुर चन्द र कमला चन्दलाई प्रतिनिधि खटाएको प्रदेश कार्यसमितिले प्रदेश सभा क्षेत्र (ख) मा टेकराज जोशीलाई प्रतिनिधि खटाएको छ ।
अभियानमार्फत कार्यकर्तामा जनजागरण ल्याउने र संगठन विस्तार गर्ने कांग्रेसको योजना रहेको छ ।
![](https://radiokanchanpur.org.np/uploads/news/images/medium/105432706dodhara.jpeg)
कञ्चनपुरको दोधाराचाँदनीमा “व्यवसाय दर्ता अभियान” २०८० सुरु
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा व्यवसाय दर्ता अभियान २०८० सुरु भएको छ । “तपाईं हाम्रै कर, समृद्ध दोधारा चादनी नगर” भन्ने नाराका साथ
![](https://radiokanchanpur.org.np/uploads/news/images/medium/288897250415671119_902747224649865_6221493990815250412_n.jpeg)
अछाममा विश्व कुष्ठरोग दिवसको अवसरमा सचेतनामूलक अन्तर्क्रिया
अछाममा सचेतनामूलक अन्तर्क्रिया गरि ‘७१ औँ विश्व कुष्ठरोग दिवस’ मनाइएको छ। स्वास्थ्य कार्यालय अछाम, मंगलसेन नगरपालिका, एनएलआर नेपाल र नेपाल
![](https://radiokanchanpur.org.np/uploads/news/images/medium/686948797IMG-20240128-WA0005.jpeg)
सेभ द चिड्रेन र एनएनएसडब्लूए कञ्चनपुरको सहकार्यमा कञ्चनपुरका ३ पालिकामा कम्बल बितरण गरीदै
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको बडा नम्बर १० मा न्यानो कम्बल बितरण गरिएको छ । बढ्दै गएको सितलहरका कारण गरिब तथा बिपन्न बर्ग प्रभाबित भएको भन्दै आज
प्रतिकृया दिनुहोस