दम रोगीलाई चिसो मौसम खतरापूर्ण
![](https://radiokanchanpur.org.np/uploads/news/images/1569543857asthama.jpeg)
चिसोमा तपाइँको शरिरमा यी परिवर्तनहरु आउन सक्छन्। पटक–पटक कडा खोकी लाग्ने,खोक्दा खकार आउने,श्वास फेर्न गाह्राे हुने,श्वाँ–श्वाँ बढ्ने जस्ता समस्या बढ्न सक्छन्। यस कारण चिसोको महिनाभरी सकेसम्म विहान बेलुकीको चिसोमा बाहिर ननिस्कने,बाहिर जानै परेमा सफा रुपमालले मुख र नाक छोप्ने यसले फोक्सोमा चिसो पस्न रोक्छ। तर यो पनि ख्याल गर्नु कि यसो गर्दैमा पुरानो दम पुरै निको हुँदैन। तर तपाइँ चिसोको कारण बढ्ने दमलाई घटाउन सकिन्छ। जुन निम्न आठ तरिका छन्।
१. दमको उपचार व्यवस्थापन गर्ने
– राम्रोसित दमको उपचार गरेमा चिसोको कारण थप बढ्ने दमलाई घटाउन सकिन्छ नै। यो मौसममा लाग्न सक्ने भाइरल फ्लुको संक्रमण र रुघाखोकी लाग्नबाट बच्न सकिन्छ।
२. दमरोगीले यो मौसममा आउन सक्ने भाइरल संक्रमणबाट बच्नको लागि आफ्नो चिकित्सकको सल्लाहमा निमोनियाँ बिरुद्धको खोप लिनु उचित हुन्छ। यसले निमोनियाँको जोखिमबाट बचाउँछ।
३. आफ्नो दमको अवस्था बारे जानकारी राख्ने
– यदि तपाइँमा दम पहिचान भइसकेको छ भने आफ्नो चिकित्सकलाई शरिरमा भएको अल्फा– १ एन्टिट्राइप्सनको अवस्था थाहा पाइराख्नुहोस्। यो यस्तो अवस्था हो शरिरले प्रर्याप्त प्रोटिन उत्पादन गर्न सक्दैन र जसले फोक्सो र कलेजोलाई नष्ट हुनबाट बचाउँछ। यो दम बढाउने जोखिम बढाउने तत्व हो। यदि तपाइँसित अल्फा– १ छ भने प्रर्याप्त उपचार भएको छैन भने तपाइँ थप दम बढ्ने जोखिममा हुनु हुन्छ।
४) बिरामीवाट टाढै रहनुहोस्
– चिसो मौसममा सामाजिक सम्वन्ध र अन्तरक्रियामा कसरी सहभागी हुने भन्ने बारेमा सामान्य दिमाग लगाउनुहोस्। अस्पतालबाट टाढा रहनुहोस्,बालबालिकाको समुहबाट र रुघाखोकी लागेका बिरामीको छेउमा नजानुहोस्। यसो गर्दा भाइरल संक्रमणबाट बच्न सकिन्छ। यस्ता संक्रमण भएमा दमरोग पनि बढ्ने सम्भावना हुन्छ।
५. नियमित हात धुनुहोस्
– किटाणुसित लड्नको लागि राम्रोसित हात धुनु सवै भन्दा राम्रो सफाइ हो। तपाइँको आँखा,मुख छुनु अघि तपाइँ आफ्नो हात राम्रोसित धुनुहोस्।
६. न्यानो बनाउने उपकरण प्रत्येक दिन सफा राखौं
– प्रत्येक दिन यस्ता उपकरणहरु सफा राख्नाले यी उपकरणले कोठामा उचित मात्रामा न्यानोपन राख्छन्। यसले गर्दा उपकरणबाट निस्कने थप इरिटेशनवाट बचाउँछ।
७.प्रर्याप्त मात्रमा पानी पिउनुहोस
– प्रर्याप्त मात्रामा पानी पिउनाले श्वास फेर्न सजिलो हन्छ। बिशेष गरी श्वास–प्रश्वास प्रक्रियामा संक्रमण भएको अवस्थामा सहज हुन्छ। प्रत्येक श्वासले पानी लिएको हुन्छ।
८. धुमपान र धुवाँवाट बच्नुहोस
– जाडो छेक्न घरभित्र बालिने धुवाँले तपाइँको फोक्सोमा इरिटेशन हुन सक्छ। बिशेष गरी दाउरा,इट्टा,मट्टितेलको हिटर,गुइँठा जस्ता आगोले फोक्सोमा इरिटेशन ल्याउँछ। किन कि यस्ता चिज बाल्दा जाडोको बेला हामी कम मात्रामा मात्र झ्याल खोल्न चाहान्छौं।
![](https://radiokanchanpur.org.np/uploads/news/images/medium/288897250415671119_902747224649865_6221493990815250412_n.jpeg)
अछाममा विश्व कुष्ठरोग दिवसको अवसरमा सचेतनामूलक अन्तर्क्रिया
अछाममा सचेतनामूलक अन्तर्क्रिया गरि ‘७१ औँ विश्व कुष्ठरोग दिवस’ मनाइएको छ। स्वास्थ्य कार्यालय अछाम, मंगलसेन नगरपालिका, एनएलआर नेपाल र नेपाल
![](https://radiokanchanpur.org.np/uploads/news/images/medium/1876870153393825843_723881809644689_8157303027053037508_n.jpeg)
कुष्ठरोग रोकथाम अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण
कैलाली जिल्लामा कुष्ठरोग रोकथाम घरदैलो अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको छ। कैलालीको भजनी नगरपालिका र जानकी
![](https://radiokanchanpur.org.np/uploads/news/images/medium/1919950137GridArt_20231212_231220012.jpeg)
स्वास्थ्य कार्यालय कञ्चनपुरको ३ दिने स्वास्थ्य सिबिर सम्पन्न
कञ्चनपुरको भिमदत्तनगरपालिकाको बडा नम्बर २ मा सिकलसेल, एनिमिया तथा थालेसिमिया रोग पहिचान तथा निदानका लागि निःसुल्क स्वास्थ्य शिविरको आयोजना गरीएको छ
प्रतिकृया दिनुहोस