कञ्चनपुरको बिष्णु टोलका उत्तमको जिबिकोपार्जनको माध्यम गड्यौला खेति बन्दै
कञ्चनपुरको भिमदत्त नगरपालीका १२ बिष्णु टोलका उत्तम सुनारको जिबिकोपार्जनको माध्यम गड्यौला खेति बनेको छ । मजदुरी गरी जिबिकोपार्जन गर्दै आएको सुनार परिवारले पछिल्लो समयमा गड्यौलाखेतिलाई अर्थापार्जनको माध्यम बनाएको हो ।
भारत मजदुरीका क्रममा गड्यौला खेति बाट राम्रो आम्दानि गरेको देखि पछि गड्यौला खेति तर्फ आफु आकर्षित भएको उहाँले बताउनु भएको छ । नेपाल फर्केर सुरुमा युटुबको सहायताले कच्चिबेड निर्माण गरी गड्यौला पालन सुरु गरेको उहाँले जानकारी दिनु भएको छ । आफ्नो जमिनमा सुरुमा कच्ची बेड बनाएर गड्यौला पालन गरेको तर बिं.सं. २०७८ सालमा महाकालीमा आएको बाढीले बेड र गड्यौला बगाउदा नोक्सान भएको उहाँले बताउनु भयो ।
कोरोना कहरले समेत गड्यौला पालनमा प्रभाब पारेको उहाँले बताउनु भयो । पारिबारीक रुपमा आर्थिक अबस्था कमजोर भएका कारणले समेत आसातित रुपमा ब्यबसाय गर्न नपाएको उहाँले बताउनु भयो । पछि गड्यौला खेति प्रबद्धनका लागि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए)को रु ६४ हजार ५०० आर्थिक सहयोग गरेपछि पक्कि बेड बनाएर अहिले गड्यौला खेति गरीरहेको उहाँले बताउनु भएको छ ।
अहिले सम्म करिब १ कुन्डल गड्यौेलाको मल बिक्रि गरेको समेत उहाँले बताउनु भयो । गड्यौलाबाट मल उत्पादन गर्न करीब ३ महिना लाग्ने गरेको उहाँले बताउनु भएको छ । गड्यौलाको मल प्रतिकिलो २५ देखि ३५ रुपैयामा बिक्री हुने समेत समेत गड्यौला मल उत्पादक उत्तम सुनारले बताउनु भयो । दातृनिकायको आर्थिक र प्राबिधिक सहयोग पछि अहिले गड्यौला खेति फस्टाउदै गएको समेत उहाँले बताउनु भएको छ । हाल आफुले मलको जाच गराएर प्याकिङ ,मार्केटिङ तथा प्रचारप्रसारको कामको प्रक्रीया रहेको गड्यौला पालक सुनारले बताउनु भएको छ ।
गड्यौला खेतीलाई मलका लागि मात्रै नभएर त्यसलाई गड्यौला बिक्रि केन्द्रका रुपमा विस्तार गर्ने उहाँको योजना छ । अन्य मलको तुलनामा गड्यौला मलको प्रयोगले जमिनको उर्वराशक्ति बढ्ने र स्वास्थ्यका लागि पनि राम्रो हुने भएपछि अहिले गड्यौला खेतीतर्फ कृषकको आर्कषण बढेको छ ।
नेपाल राष्ट्रिय समाज कल्याण संघले सुदृढ परियोजनाको सहयोगमा भिमदत्त नगरपालिकामा विपद जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशील समुदायको निर्माण गरि महाकाली नदी तटिय क्षेत्रका समुदायहरुको जीवन स्तरमा सुधार ल्याउने मुख्य उद्देश्यका साथ बिभिन्न कार्यक्रम सञ्चालन गरीरहेको छ । परियोजनाले मुख्यतया जलवायु परिवर्तन, विपद जोखिम न्यूनीकरण र जीविकोपार्जन तथा स्थानीय तहको क्षमता अभिवृद्धिका क्षेत्रमा केन्द्रित रहेर आफ्ना क्रियाकलापहरु संचालन गरीरहेको सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले बताउनु भएको छ ।










कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड ॥
महेन्द्रनगर, श्रावण १६। कञ्चनपुर मण्डी व्यवसायी संघको १७औँ वार्षिक साधारणसभा आज शनिबार भीमदत्त नगरपालिका–४ स्थित मण्डी परिसरमा सम्पन्न भएको छ।
महेन्द्रनगरमा ‘एनसेल सेन्टर (फोफो)’ पुनः सञ्चालनमा, एकै स्थानबाट ग्राहक सेवा र मोबाइल सुविधा प्रदान गरिदै ।
महेन्द्रनगर, साउन ७ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४, मदनचोकमा एनसेल आजियाटा लिमिटेडको ‘फ्रेन्चाइज्ड ओन्ड एन्ड फ्रेन्चाइज्ड अपरेटेड (फोफो)’
कञ्चनपुरको दोधाराचाँदनीमा “व्यवसाय दर्ता अभियान” २०८० सुरु
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा व्यवसाय दर्ता अभियान २०८० सुरु भएको छ । “तपाईं हाम्रै कर, समृद्ध दोधारा चादनी नगर” भन्ने नाराका साथ


..jpeg)
प्रतिकृया दिनुहोस