कञ्चनपुरको बिष्णु टोलका उत्तमको जिबिकोपार्जनको माध्यम गड्यौला खेति बन्दै
कञ्चनपुरको भिमदत्त नगरपालीका १२ बिष्णु टोलका उत्तम सुनारको जिबिकोपार्जनको माध्यम गड्यौला खेति बनेको छ । मजदुरी गरी जिबिकोपार्जन गर्दै आएको सुनार परिवारले पछिल्लो समयमा गड्यौलाखेतिलाई अर्थापार्जनको माध्यम बनाएको हो ।
भारत मजदुरीका क्रममा गड्यौला खेति बाट राम्रो आम्दानि गरेको देखि पछि गड्यौला खेति तर्फ आफु आकर्षित भएको उहाँले बताउनु भएको छ । नेपाल फर्केर सुरुमा युटुबको सहायताले कच्चिबेड निर्माण गरी गड्यौला पालन सुरु गरेको उहाँले जानकारी दिनु भएको छ । आफ्नो जमिनमा सुरुमा कच्ची बेड बनाएर गड्यौला पालन गरेको तर बिं.सं. २०७८ सालमा महाकालीमा आएको बाढीले बेड र गड्यौला बगाउदा नोक्सान भएको उहाँले बताउनु भयो ।
कोरोना कहरले समेत गड्यौला पालनमा प्रभाब पारेको उहाँले बताउनु भयो । पारिबारीक रुपमा आर्थिक अबस्था कमजोर भएका कारणले समेत आसातित रुपमा ब्यबसाय गर्न नपाएको उहाँले बताउनु भयो । पछि गड्यौला खेति प्रबद्धनका लागि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए)को रु ६४ हजार ५०० आर्थिक सहयोग गरेपछि पक्कि बेड बनाएर अहिले गड्यौला खेति गरीरहेको उहाँले बताउनु भएको छ ।
अहिले सम्म करिब १ कुन्डल गड्यौेलाको मल बिक्रि गरेको समेत उहाँले बताउनु भयो । गड्यौलाबाट मल उत्पादन गर्न करीब ३ महिना लाग्ने गरेको उहाँले बताउनु भएको छ । गड्यौलाको मल प्रतिकिलो २५ देखि ३५ रुपैयामा बिक्री हुने समेत समेत गड्यौला मल उत्पादक उत्तम सुनारले बताउनु भयो । दातृनिकायको आर्थिक र प्राबिधिक सहयोग पछि अहिले गड्यौला खेति फस्टाउदै गएको समेत उहाँले बताउनु भएको छ । हाल आफुले मलको जाच गराएर प्याकिङ ,मार्केटिङ तथा प्रचारप्रसारको कामको प्रक्रीया रहेको गड्यौला पालक सुनारले बताउनु भएको छ ।
गड्यौला खेतीलाई मलका लागि मात्रै नभएर त्यसलाई गड्यौला बिक्रि केन्द्रका रुपमा विस्तार गर्ने उहाँको योजना छ । अन्य मलको तुलनामा गड्यौला मलको प्रयोगले जमिनको उर्वराशक्ति बढ्ने र स्वास्थ्यका लागि पनि राम्रो हुने भएपछि अहिले गड्यौला खेतीतर्फ कृषकको आर्कषण बढेको छ ।
नेपाल राष्ट्रिय समाज कल्याण संघले सुदृढ परियोजनाको सहयोगमा भिमदत्त नगरपालिकामा विपद जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशील समुदायको निर्माण गरि महाकाली नदी तटिय क्षेत्रका समुदायहरुको जीवन स्तरमा सुधार ल्याउने मुख्य उद्देश्यका साथ बिभिन्न कार्यक्रम सञ्चालन गरीरहेको छ । परियोजनाले मुख्यतया जलवायु परिवर्तन, विपद जोखिम न्यूनीकरण र जीविकोपार्जन तथा स्थानीय तहको क्षमता अभिवृद्धिका क्षेत्रमा केन्द्रित रहेर आफ्ना क्रियाकलापहरु संचालन गरीरहेको सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले बताउनु भएको छ ।
कञ्चनपुरको दोधाराचाँदनीमा “व्यवसाय दर्ता अभियान” २०८० सुरु
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा व्यवसाय दर्ता अभियान २०८० सुरु भएको छ । “तपाईं हाम्रै कर, समृद्ध दोधारा चादनी नगर” भन्ने नाराका साथ
खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड महेन्द्रनगरद्धारा धानको खरिद मुल्य निर्धारण
प्रदिप पाल,कञ्चनपुर खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड साखा कार्यालय महेन्द्रनगरले धानको खरिद मुल्य निर्धारण गरेको छ । आर्थिक बर्ष
खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड महेन्द्रनगरले कार्तिक १५ देखि धान गरीद गर्ने
खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड साखा कार्यालय महेन्द्रनगरले कार्तिक १५ गते देखि धान खरिद गर्ने भएको छ । साखा कार्यालयले एक सुचना जारी गर्दै
प्रतिकृया दिनुहोस